Home » » पेरिसमा अपार्टमेन्टमा आगलागी हुँदा ८ जनाको मृत्यु

पेरिसमा अपार्टमेन्टमा आगलागी हुँदा ८ जनाको मृत्यु

Written By Unknown on Wednesday, September 2, 2015 | 4:01 AM

भदौ १६ 
फ्रान्सको राजधानी पेरिसको उत्तरी क्षेत्रमा रहेको एक अर्पाटमेन्टमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । आगलागीमा परी बाँच्न सफल भएका चारजनाको अवस्था पनि गम्भीर छ । आगलागी नियन्त्रणका लागि सयभन्दा बढी अग्नि नियन्त्रक परिचालन गरिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । अर्पाटमेन्टको तल्लो तलाबाट सुरु भएको आगलागी पछि माथिल्लो तलासम्म फैलिएको थियो । आगलागीका कारण अर्पाटमेन्ट आसपासका १५ भन्दा बढी भवनमासमेत क्षति पुगेको छ । यो आगलागीलाई पेरिसमा एक दशकयता कै भयानक आगलागी भएकोे विश्वास गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका छन् ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC