
आज कुसे औसी अर्थात् बाबुको मुख हेर्ने दिन । छोराछोरीले आज आ– आफ्ना बुवालाई मनपर्ने मिठाईका परिकार ,फलफुल, आदि भोजन गराई उपहार दिएर बुवाको मुख हेर्ने पर्व मनाउदैछन् । आफुलाई जन्म दिई लालन पालन गरी हुर्काएकोमा बुवाप्रति सम्मान प्रकट गर्न भोजन तथा उपहार दिने र आशीर्वाद ग्रहण गर्ने परम्परा रहदै आएको छ । आजको दिनलाई पितृ दिवस समेत भनिन्छ । बुवा दिवंगत भईसकेका छोराछोरीले भने दिवंगत बुवाको नाममा पिण्ड तर्पण गर्ने गर्दछन् । नजिकैको तिर्थमा गई नुवाई धुवाई दिवंगत बुवाको नाममा सिधा तथा ,जलदान गर्ने प्रचलन छ । भदौ कृष्ण औसीका दिन आर्थात आजै घरघरमा पवित्र कुश भित्राएर कुशको पुजन गरिने भएकाले कुशे औसी पनि भन्ने गरिन्छ । आज देशभर हिन्दु धर्मावलम्वीहरुले वर्षभरी देवकार्य तथा पितृकार्यमा पवित्र मानी प्रयोग गरिने कुश विशेष मन्त्रशोधन गरी घरघरमा भित्राउादै छन् । बाह्मणहरुले कुसको मुठा बनाई यजमानकहा लैजाने गर्दछन् ।
Post a Comment