Home » » मानवजस्तै नयाँ प्रजातिको कंकाल भेटियो

मानवजस्तै नयाँ प्रजातिको कंकाल भेटियो

Written By Unknown on Thursday, September 10, 2015 | 10:10 PM

दक्षिण अफ्रिकामा वैज्ञानिकहरुले मानवजस्तै नयाँ प्रजातिको अस्तित्वबारे नयाँ तथ्य पत्ता लगाएका छन् । वैज्ञानिकहरुले १५ वटा आंशिक कंकाल फेला पारेका छन् । गुफामा बनेको चिहानबाट ती कंकाल फेला परेको जनाइएको छ । शोधकर्ताहरुका अनुसार यो खोजले मानवको पूर्वजका बारेमा अहिलेसम्मकै हाम्रो सोचलाई बदल्न सक्ने बताएका छन् । इलिफ नामक जनरलमा प्रकाशित रिपोर्टअनुसार कंकाल फेला परेको प्रजातिको नाम ‘नलेदी’ भनिएको छ । यसको वर्गीकरण ‘होमो’ समूहमा गरिएको छ जसमा मानवलाई पनि समेटिएको छ । यो प्रजाति कहिलेसम्म अस्तित्वमा थियो भन्ने स्पष्ट भइसकेको छैन । अनुसन्धानको नेतृत्व गर्दै आएका प्रोफेसर ली बर्जरलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार ‘यो प्रजाति मानवकै पूर्वज हुन सक्छ र अफ्रिकामा ३० लाख वर्ष अघिसम्म यसको अस्तित्व रहेको हुन सक्छ । प्रोफेसर बर्जर उक्त गुफामा एक जीवास्म निकाल्ने उद्देश्यले गएका थिए तर त्यहाँ उनले धेरै जीवास्म फेला पार्नुका साथै कयौं कंकाल पनि भेट्टाए । २१ दिन लामो खोजका क्रममा उनले एउटा ठूलो मानव जीवास्म फेला पारे । यसलाई अफ्रिकी महाद्वीप कै इतिहासमा सबैभन्दा ठूलो खोज मानिएको छ । फेला परेका १५ आंशिक कंकालमा विभिन्न उमेर समूहका पुरुष, महिला रहेका छन् । बच्चाको जन्म कहिले भयो, उसको विकास कसरी भयो र कुन गतिबाट विकास भयो भन्नेजस्ता अनेक विषयमा जानकारी हासिल गर्ने प्रयास भइरहेको प्रोफेसर बर्जरले बताए । 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC