भदौ १७,
चिकित्सा क्षेत्रमा व्याप्त बेथिति अन्त्यको माग गर्दै विगत ११ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको मागमा समर्थन जनाउँदै अरु डाक्टर समेत आन्दोलित भएपछि शिक्षण अस्पताल महाराजगंजमा ओपिडी सेवा प्रभावित भएको छ । अस्पतालका आवासीय डाक्टर र फ्याकल्टी डाक्टरले ओपिडीमा विरामी हेर्न छोडेपछि उपचार सेवा प्रभावित भएको हो । फ्याकल्टी डाक्टरले हिजोदेखि फलोअपका बिरामीको मात्र जाँच गरेका छन् । आवासीय र फ्याकल्टीका ५ सय भन्दा बढी डाक्टरले ओपिडीमा सेवा नदिँदा उपचारको लागि पुगेका बिरामी त्यसै फर्किन बाध्य भएका छन् । यता माथेमा प्रतिवेदन कार्यान्वयनको माग गर्दै ११ दिनदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा संक्रमण हुने खतरा बढेको छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै गएकाले संक्रमणको खतरा बढेको उपचारमा संलग्न डाक्टर वाईपी सिंहले जानकारी दिनुभयो ।
Post a Comment