भदौ १७,
मध्य पूर्वका विभिन्न मुलुकमा जारी द्धन्द्वका कारण १ करोड ३० लाख भन्दा बढी बालबालिका शिक्षाबाट बञ्चित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार विद्यालय जनाबाट बञ्चित १ करोड ३७ लाख बालबालिकामध्ये ४० प्रतिशत सिरिया, इराक, यमन, लिबिया र सुडानका रहेको छ । आउदो महिनामा यो प्रतिशत बढेर ५० पुग्न सक्ने राष्ट्रसंघको भनाई छ । राष्ट्रसंघीय बाल विकास कोष रयुनिसेफले सिरिया, इराक, यमन र लिवियाका करिव ९ हजार विद्यालय पठनपाठनका लागि प्रयोग हुन नसक्ने अवस्थामा रहेको बताएको छ ।
युनिसेफले आफ्नो प्रतिवेदनमा विद्यार्थी, शिक्षक र शिक्षा सम्बन्धी व्यक्तिहरुको हत्या, अपहरण र गैरकानुनी पक्राउ द्धन्द्ध ग्रस्त क्षेत्रमा सामान्य कुरा भइसकेको उल्लेख गरेको छ । युनिसेफका क्षत्रीय निर्देशक पिटर सलमाले द्धन्द्धको विनाशकारी प्रभाव पुरै क्षेत्रका बालबालिकले भोग्नु परिरहेको बताउनुभयो । उहाँले द्धन्द्धका कारण विद्यालयमा भौतिक क्षति पुगेको मात्र नभई एउटा पुस्ताले आफ्नो भविष्य अन्धकारमय भइरहेको अनुभव गरिरहेको बताउनुभयो । उहाँले मध्य क्षेत्रका बालबालिकाको शिक्षामा पुहँचमा सुधार ल्याउन युनिसेफलाई थप ३ अर्ब डलर आवश्यक पर्ने समेत बताउनुभएको बीबीसीले जनाएको छ ।
Post a Comment