Home » » सरोगेसी सेवा दिनेलाई सरकारले कारबाही गर्ने

सरोगेसी सेवा दिनेलाई सरकारले कारबाही गर्ने

Written By Unknown on Friday, September 4, 2015 | 7:49 PM

चौतर्फी दबाबपछि विवादास्पद सरोगेसी (आमाको कोख भाडामा लिई बच्चा जन्माउने प्रक्रिया) सेवा दिने जुनसुकै चिकित्सक, कर्मचारी र स्वास्थ्य संस्थामाथि कारबाही गर्न सरकार तयार भएको छ । कानुनी मान्यता नपाउँदै उपत्यकासहित विभिन्न जिल्लाका निजी अस्पताल, नर्सिङ होम र क्लिनिकले सरोगेसी सेवा सञ्चालनमा ल्याएर नेपाली महिलाको ज्यान धरापमा पार्न खोजेको भन्दै उक्त सेवा रोक्न सरकारलाई दबाब दिइएको थियो । सञ्चारमाध्यम, महिला अधिकारकर्मी, चिकित्सक, समाजसेवी, कानुन व्यवसायीलगायतले नेपालमा सरोगेसी सेवा सञ्चालनमै ल्याउन नहुने भन्दै अवैधानिक रूपमा उक्त सेवा सञ्चालन गर्नेलाई सरकारसमक्ष कारबाही माग गर्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानबिन समितिले समेत कतिपय अस्पतालले त्यस्तो सेवा दिइरहेको भेट्टाएपछि कारबाही गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णयको दुरुपयोग गरी गैरकानुनी रूपमा केही अस्पताल र स्वास्थ्य संस्थाहरूले सरोगेसी सेवा दिइरहेको भन्ने सूचना आएकाले उनीहरूमाथि अनुसन्धान भइरहेको भन्दै उक्त सेवा सञ्चालनमा नल्याउन निर्देशन दिएको र अटेर गरी सरकारको निर्देशन नमान्नेलाई कडा कारबाही गर्ने मन्त्रालयका प्रवक्ता डा. गुणराज लोहनीले जानकारी दिनुभएको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC