चिकित्सा शिक्षा सम्बन्धी माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन सहितका माग गर्दै अनशनमा बसेका डा. गोबिन्द केसी पक्ष र सरकारी पक्षबीचको वार्ता सकारात्मक भएको छ । हिजो राति अबेरसम्म भएको वार्तामा सरकार माथेमा कार्यदलका धेरै बुँदा कार्यान्वयन गर्न सकारात्मक देखिएको डा. केसीका तर्फबाट वार्तामा सहभागी डा. जीवन क्षेत्रीले जनाकारी दिनुभयो । माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयनमा सरकारी पक्ष सकारात्मक भएको तर अरु मागमा भने कुरा नमिलेको बताउनुभयो । चिकित्सा क्षेत्रका पदाधिकारी नियुक्तीमा भैरहेको अनियमितता रोक्नुपर्ने तथा काठमाण्डौ विश्व विद्यालयको सम्बन्धन स्थगन गर्नुपर्ने मागमा सरकार सहमत भएको छैन । हिजो रातिको वार्तामा धेरैजसो कुरा मिलेको र केही मिल्न बाँकी विषयमा आज छलफल गरी टुंगोमा पुग्ने तयारी भैरहेको डाक्टर क्षेत्रीले बताउनुभयो । छलफल गरेर सहमतिका बुँदा तयार गरिने उहाँले बताउनुभयो । माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वय हुनुपर्ने सहितका माग राखेर गएको १३ दिनदेखि अनशनमा बस्नुभएका डा. केसीको स्वास्थ्य अवस्था नाजुक बनेको छ । डा. केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका आवासीय डाक्टरले ओपिडीको काम बन्द गर्दा उपचार सेवा पनि प्रभावित भएको छ ।
Home »
National News
» डा. केसीका अधिकांश माग पुरा गर्न सरकार सकारात्मक
डा. केसीका अधिकांश माग पुरा गर्न सरकार सकारात्मक
Written By Unknown on Friday, September 4, 2015 | 7:59 PM
Labels:
National News
Post a Comment