अर्जेन्टिनाका स्टाइकर लियोनल मेस्सी आजीवन बार्सिलोनामा रहने क्लबका प्राविधिक निर्देशकले बताएका छन् । स्पेनिस क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका मेस्सीले आफ्नो सम्पूर्ण खेल जीवन बार्सिलोनामै बिताउने क्लबका प्राविधिक निर्देशक रोबर्ट फर्नान्डेजले बताएका हुन् । २८ वर्षका मेस्सी बार्सिलोनामा सबै भन्दा उत्कृष्ट खेलाडीको रुपमा स्थापित भएका छन् । गएको सिजन बार्सिलोनालाई च्याम्पियन्स लिग, ला लिगा तथा कोपा डेल रेको उपाधि दिलाउन मेस्सीले महत्वपूर्ण भूमिका खेलेका थिए । मेस्सी बिनाको बार्सिलोना कल्पना नै नगरेको र मेस्सीले आफ्नो अन्तिम खेल बार्सिलोनाबाटै खेल्ने प्राविधिक निर्देशक फर्नान्डेजको भनाई छ ।
Home »
Sports News
» मेस्सीको अन्तिम खेल बार्सिलोना मै
मेस्सीको अन्तिम खेल बार्सिलोना मै
Written By Unknown on Friday, September 4, 2015 | 8:49 PM
Labels:
Sports News
Post a Comment