Home » » अष्ट्रिया र जर्मनीद्वारा आप्रवासीलाई शरण दिने निर्णय

अष्ट्रिया र जर्मनीद्वारा आप्रवासीलाई शरण दिने निर्णय

Written By Unknown on Friday, September 4, 2015 | 8:46 PM


अष्ट्रिया र जर्मनीले आप्रवासीलाई शरण दिने निर्णय गरेका छन् । ती दुई देशले अप्रवासीलाई आफ्नो देशमा भित्र्याउन हंगेरीसँगको सीमा खोल्न सहमति जनाएका छन् । अष्ट्रियन चान्सलर वेर्नर फाइमानले आफ्नो देश र जर्मनी आप्रवासीलाई प्रवेश दिन हंगैरीसँगको सीमा खोल्न तयार भएको जानकारी दिएका हुन । यो निर्णयसँगै अष्ट्रियन सीमामा आप्रवासीको भीड लागेको छ । युरोपियन राष्ट्रहरु आप्रवासी समस्यालाई कसरी संबोधन गर्ने भन्नेमा जुटेका छन् । सीमा क्षेत्रमा आप्रवासीलाई लिन थुप्रैं बस पठाइएको समाचार संस्थाहरुले जनाएका छन् । यसअघि, संयुक्त राष्ट्रसंघले विकराल बन्दै गएको आप्रवासी समस्या समाधानका लागि दुई लाख आप्रवासीलाई यूरोपियन यूनियनआवद्ध राष्ट्रले शरण दिनैपर्नेमा जोड दिएको थियो । राष्ट्रसंघीय शरणार्थी नियोगका प्रमुख एन्तोनियो गुतेरसले विकराल बनेको आप्रवासी समस्या समाधानका लागि ईयूले पूर्ण रुपमा शक्ति परिचालन गर्नैपर्ने उल्लेख गरेका हुन् ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC