Home » » दोस्रो विश्वयुद्धमा जापान पराजित भएको स्मरणमा चीनद्धारा सैन्य शक्ति प्रदर्शन

दोस्रो विश्वयुद्धमा जापान पराजित भएको स्मरणमा चीनद्धारा सैन्य शक्ति प्रदर्शन

Written By Unknown on Thursday, September 3, 2015 | 4:00 AM

भदौ १७ 
चीनले दोस्रो विश्वयुद्धमा जापान पराजित भएको स्मरणमा विशेष समारोहको आयोजना गरेको छ । बेइजिङमा आयोजित समारोहमा चीनले ठूलो मात्रामा आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको छ । तियानमेन स्क्वायरमा आयोजित समारोहमा १२ हजार सेना, २ सय एअर क्राफ्ट, ट्यांक, मिसाइललगायतका युद्ध सामग्री पहिलोपटक आम जनतामाझ प्रदर्शन गरिएको थियो । समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत ३० भन्दा बढी मुलुकका प्रतिनिधिको सहभागिता रहेको थियो । समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङले युद्धमा दृढतापूर्वक लडेर जापानको आक्रमण पराजित गर्न सफल चिनियाँ जनताप्रति श्रद्धा व्यक्त गरे । शान्तिपूर्ण विकासप्रति प्रतिबद्धता व्यक्त गर्दै उनले पिपुल्स लिवरेसन आर्मी (पीएलए)का ३ लाख संख्या घटाइने जानकारी दिए । तर, यसको समयसीमा भने उल्लेख गरिएको छैन । विश्वकै सबैभन्दा धेरै २३ लाख सैन्य संख्या रहेको चीन रक्षा बजेटमा अमेरिकापछि दोस्रो स्थानमा छ । जापानले सन् १९३७ मा चीनविरुद्ध आक्रमण सुरु गरेको थियो भने ८ वर्षे युद्धका क्रममा १४ लाख चिनियाँ मारिएको बेइजिङको दाबी छ । चीनको बढ्दो सैन्य शक्तिका कारण क्षेत्रीय तनाव बढ्ने भन्दै शक्ति राष्ट्रहरु सशंकित छन् । साउथ चाइना सीलाई लिएर छिमेकीहरुसँग चीनको विवाद बढ्दो छ भने इस्ट चाइना सीको भूभागलाई लिएर जापानसँग उसको विवाद छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC