भदौं १७
चितवनको पहाडी गाविस चण्डिभञ्याङको वडा न. ७ तल्लो ढुंग्रेका १८ घर पहिरोको जोखिममा परेको छ । बैशाख १२ गतेको भुकम्प पछि चिरा परेका ठाउँहरुमा पहिरो जाने क्रम जारी छ । गएरातीको वर्षात पछि गाउँकोबीच भाग नै भासिएको स्थानीय यामबहादुर गुरुङले जानकारी दिनुभयो । पहिरोको जोखिम बढेपछि पहिले नै गाउँ स्थानान्तरण गर्न माग गरेपनि अहिले सम्म सम्बन्धित पक्षले बेवास्ता गर्दा गाउँका मानिसहरु रातमा जागाराम बस्न बाध्य भएको स्थानीय यामबहादुरले बताउनुभयो ।
Post a Comment