Home » » चेल्सी विजयी , बार्सिलोना र रोमा बराबरीमा सीमित

चेल्सी विजयी , बार्सिलोना र रोमा बराबरीमा सीमित

Written By Unknown on Wednesday, September 16, 2015 | 10:11 PM

युरोपियन क्लब फुटबलको बहुचर्चित प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा इङ्गलिश क्लब चेल्सी विजयी हुँदा आर्सनल पराजित भएको छ । समुह जी को पहिलो खेलमा चेल्सीले इजरायलको मकाबी तेल अभिभलाई ४–० ले पराजित र्गयो । यही समुहको अर्को खेलमा युक्रेनको डाईनामो किभ र पोर्चुगलको एफसी पोर्टोले २–२ गोलको बराबरी खेलेका छन् । उता समुह एफ को खेलमा इङ्गलिश क्लब आर्सनललाई क्रोएशियाको डाईनामो जाग्रेबले २–१ ले पराजित गरेको छ । यही समुहको अर्को खेलमा जर्मनीको बायर्न म्युनिखले ग्रीसको ओलम्पियाकोसलाई ३–० ले हरायो । समुह इ अन्तर्गतको खेलमा उपाधि दाबेदार बार्सिलोनालाई इटालीको एएस रोमाले १÷१ गोलको बराबरीमा रोकेको छ । यही समुहको अर्को खेलमा जर्मनीको बायर लिभरकुजेनले बेलारुसको बाते बोरीसोभलाई ४÷१ ले हरायो । समुह एच को खेलमा रुसको जेनिथले स्पेनको भ्यालेन्सियालाई ३÷२ ले हराउँदा बेल्जियमको गेन्ट र फ्रान्सको लियोंले १÷१ गोलको बराबरी खेलेका छन् ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC