Home » » आज आर्मी र पुलिस भिड्ने

आज आर्मी र पुलिस भिड्ने

Written By Unknown on Wednesday, September 16, 2015 | 10:09 PM

रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा बिहीबार दुई विभागीय टोलीहरु त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव भिड्दैछन् । खेल ललितपुरको सातदोवाटोस्थित एन्फा कम्लेक्सको मैदानमा हुनेछ । जारी लिगमा आफ्नो स्वाभाविक लय भेटाउन नसकेका यी दुई शीर्ष क्लबबीचको भिडन्त निकै रोचक हुने धेरैको अनुमान छ । उता, सुदूरपश्चिमाञ्चल फुटबल क्लव कैलालीले जारी लिगमा दोस्रो जित हासिल गरेको छ । हिजो भएको खेलमा सुदूरपश्चिमाञ्चलले रुपन्देहीको जगदम्बा लुम्बिनीलाई ३–१ ले हराउँदै दोस्रो जितसहित अंक तालिकामा सुधार गरेको हो । जितसँगै सुदूरपश्चिमाञ्चल ९ खेलबाट १० अंकसहित छैटौं स्थानमा उक्लिएको छ । लुम्बिनी भने ९ खेलबाट ४ अंकका साथ तालिकाको पुछारमा छ । हिजो भएको अर्को खेलमा मोरङ फुटबल टिमले शीर्ष स्थानको झापा ११ सँग गोलरहित बराबरी खेलेको छ । यो बराबरीसँगै झापा ९ खेलबाट १७ अंकका साथ शीर्ष स्थानमा कायमै रहँदा मोरङ ८ खेलबाट ४ अंकका साथ आठौं स्थानमा रहेको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC