भदौ २०

हंगेरीमा केही दिनदेखि अपलपत्र परेका हजारौं आप्रवासीलाई अष्ट्रिया र जर्मनीले आफ्नो मुलुकमा स्वागत गरेका छन् । अष्ट्रियाको सीमामा स्वंयसेवकहरुले करिब १० हजार आप्रवासीलाई स्वागत गरेपछि आप्रवासी भियना र जर्मनीको म्यूनिख प्रस्थान गरेका छन् । हंगेरीमा अलपत्र परेका आप्रवासीलाई अरु यूरोपेली मुलुक जानबाट रोक्दा आप्रवासीको अत्याधिक चापले राजधानी बुडापेष्टको अर्थव्यवस्था धरासायी हुन पुगेको थियो । मध्यपूर्व र अफ्रिकी मुलुकका आप्रवासीको लगातारको प्रवेशबाट यूरोपमा श्रृजित समस्यालाई उजागर गरेको अन्तर्रा्ष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । आप्रवासीले अष्ट्रिया र जर्मनी जाने अडान लिइरहेका थिए ।यसपछि शुक्रबार मात्र हंगरीले आप्रवासीका लागि अष्ट्रियासँगको सीमा खोलेर उनीहरुलाई त्यहाँसम्म पुग्न बसको व्यवस्था गरेको हो । अष्ट्रियाले पनि आप्रवासीलाई आउन नरोक्ने जनाएको छ ।जर्मन चान्सलर एन्जेला मर्केलले मुलुकको बजेटमा कुनै असर नपर्ने गरि आप्रवासीलाई ध्यान दिन सकिने स्पष्ट पार्नु भएको छ । जर्मनीले यो वर्ष ८ लाख आप्रवासी राख्न सकिने जनाएको छ । पछिल्लो समय हंगेरी, मध्यपूर्व र अफ्रिकाबाट पलायन भएका हजारौं आप्रवासी यूरोपका विभिन्न मुलुक पुग्ने मुख्य मार्ग बनेको छ ।यूरोपियन यूनियनका विभिन्न मुलुकमा यो वर्ष अहिलेसम्म ३ लाख ५० हजार आप्रवासी प्रवेश गरिसकेका छन् ।

Post a Comment