Home » » थाइल्याण्डमा संविधानको मस्यौदा अस्विकृत

थाइल्याण्डमा संविधानको मस्यौदा अस्विकृत

Written By Unknown on Sunday, September 6, 2015 | 2:39 AM

भदौ २० 
थाइल्याण्डमा सैन्य नेतृत्वले नियुक्त गरेको परिषद्ले विवादास्पद नयां संविधानको मस्यौदा अस्विकृत गरेको छ । २ सय ४७ सदस्यीय राष्ट्रिय सुधार परिषद्ले मस्यौदा अस्विकृत गरेको हो । अब अर्को मस्यौदा लेखनका लागि नयां समिति गठन गर्नु पर्ने भएपछि आमचुनावको मिति अनिश्चित बनेको छ । नयां संविधानको मस्यौदा तयार नपारेसम्म सैन्य सरकार शक्तिमा नै रहिरहने छ । अब नयां मस्यौदा लेखनका लागि नयां समितिलाई १ सय ८० दिनको समय दिइने छ र यसले तयार पारेको मस्यौदा जनमत सग्रहका लागि लगिनेछ । मुलुक संकटमा परेका बेला २३ सदस्यीय समितिले सरकार भन्दा माथि रहेर काम गर्न सक्ने व्यवस्था रहेको उक्त मस्यौदालाई लिएर व्यापक आलोचना भएको थियो । राजनीतिक अस्थिरता बढ्दै गएपछि सेनाले यिङलक शिनावत्राको निर्वाचित सरकारलाई गत वर्ष अपदस्थ गरेको थियो । सन् १९३२ मा सक्रिय राजसंस्थाको अन्त्य पछि पनि थाइल्याण्डमा धेरै पटक नयां संविधानको प्रयोग असफल भैसकेका छन् ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC