भाद्र १५
वीरगञ्जमा कर्फ्यूको उल्लंघन गरी प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले गोली चलाउदा २ जनाको मृत्यु भएको छ । राधेमाई क्षेत्रमा प्रहरीको गोली लागी इनर्वा मनियारीका २२ बर्षीय धर्मराज सिंहको मृत्यु भएको हो । आज दिउँसो साढे १ बजे प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो । विहानैदेखि जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्दा प्रहरीले जवाफी फायरिङ गरेको हो । विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुदा ८ जना घाइते भएका छन् । राधेमाईमै गोली लागेर अन्य ४ जना घाइते भएका छन् । उनीहरुमध्ये एक जनाको अवस्था गम्भिर छ । घाइते सबैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । यस्तै, नगवामा पनि प्रहरीले गोली चलाउदा १ जनाको मृत्यु भएको छ ।
Post a Comment