Home » » अध्ययन अध्यापन बन्द नगराउन सरोकारवालाको आग्रह

अध्ययन अध्यापन बन्द नगराउन सरोकारवालाको आग्रह

Written By Unknown on Tuesday, September 1, 2015 | 3:39 AM

भदौ १५ 
लगातारको बन्दले शिक्षा क्षेत्र अस्तव्यस्त भएको भन्दै सरोकारवालाले अध्ययन अध्यापन बन्द नगराउन आग्रह गरेका छन् । काठमाडौंमा भएको कार्यक्रममा निजी तथा आवासीय विद्यालय संघ प्याब्सनका अध्यक्ष  लक्ष्यबहादुर केसीले भूकम्पले प्रभावित गरेको पढाइ अहिले बन्द हडतालका कारण प्रभावित हुँदा यसको दीर्घकालीन असर देखिने भन्दै बन्द हडतालका नाममा विद्यालय बन्द नगर्न सबैलाई आग्रह गर्नुभयो । विद्यालय बन्द हुँदा विद्यार्थी तथा अभिभावक निराश भएको साथै विद्यार्थी भारत लगायत देशमा पलायन हुने अवस्था बढेको पनि उहाँले बताउनुभयो । उहाँले अहिले विद्यालयको जोड दिनुभयो । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेकाले त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने साथै स्कुल बस पनि चलाउन दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कार्यक्रममा तराई मधेस सद्भावना पार्टिका रामनरेश राय यादवले सरकारले ठाउँठाउँमा सेना परिचालन गर्नुका साथै कर्फ्यु लगाएकाले विद्यालय सञ्चालन गर्न नसकिएको दाबी गर्नुभयो । माग पुरा गराउन भन्दै विभिन्न दलले गरेको बन्दका कारण विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भैरहेको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC