Home » » बारामा पनि प्रदर्शनकारीको मृत्यु, कलैया तनावग्रस्त

बारामा पनि प्रदर्शनकारीको मृत्यु, कलैया तनावग्रस्त

Written By Unknown on Tuesday, September 1, 2015 | 3:57 AM


भदौ १५ 
बाराको कलैयामा मंगलबार भएको झडप प्रहरीको गोली लागि घाइते भएका कलैया–१० रंगपुरका हिफाजत मिंया अन्सारीको मृत्यु भएको छ । उनको उपचारका क्रममा कलैया अस्पतालमा मृत्यु भएको हो  आन्दोलनरत मधेसी मोर्चा र प्रहरीबीचको झडपले बारा मंगलबार तनावग्रस्त बनेको छ । प्रहरी र प्रदर्शनकारीबीच बाराको विभिन्न ठाउँठाउमा झडप भइरहेको छ । झडपका क्रममा प्रहरीले रबरको गोली चलाउँदा कलैयामा केही प्रदर्शनकारी घाइते भएका छन् । घाइतेको कलैयास्थित अस्पतालमा उपचार भइरहको छ । प्रदर्शनकारीले परवानीपुरमा तेल बोकेको ना३ख ८७२१ नम्बरको ट्रकमा आगजनीसमेत गरेका छन् । प्रहरीले दर्जनौं राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ  बन्दकर्ताले बाराको राजमार्गको थुप्रै स्थानमा पोल, ढुंगा राखेर सडकमा अवरोध पुर्‍याएका छन् । विभिन्न स्थानमा टायर बालेर प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् ।कलैयामा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । बाराको भरतचोकमा पनि आन्दोलनकारी लाठीसहित बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC