Home » » पत्रकारहरुको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

पत्रकारहरुको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

Written By Unknown on Tuesday, September 1, 2015 | 4:00 AM

भदौ १५ 
नेपाल पत्रकार महासंघले देशका विभिन्न भागमा जारी आन्दोलनको क्रममा पत्रकारहरुको सुरक्षामा ध्यान दिन सबै पक्षलाई आग्रह गरेको छ । कैलालीको टीकापुरमा भएको घटना र त्यसपछि प्रेस, पत्रकारमाथि भएका आक्रमण र दुरव्यवहारका घटनाबारे अध्ययन गर्न नेपाल पत्रकार महासंघद्धारा गठित समितिको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै महासंघले यस्तो आग्रह गरेको हो । केन्द्रीय कार्यालयमा प्रतिवेदन सार्वजनिक गर्दै महासंघले जारी आन्दोलनको क्रममा आन्दोलनकारी र राज्य पक्षबाट पत्रकारहरु असुरक्षित रहेको जनाएको हो । पत्रकार सम्मेलनमा महासंघ अध्यक्ष डा। महेन्द्र बिष्टले प्रेसमाथिको आक्रमण जारी रहेको भन्दै पत्रकारहरुको सुरक्षा गर्न राज्यसँग माग गरे । उनले मध्य तराई, पूर्वी तराई, पहाड र पश्चिम क्षेत्रमा पत्रकारहरु बढी पीडित भएको भन्दै निर्वाधरुपमा समाचार संकलन र प्रसारणको व्यवस्था मिलाउन माग गरे । उनले आन्दोलनरत पक्षधरसंग वार्ता गरी संविधान जारी हुने वतावरण बनाउन पनि दलहरुलाई आग्रह गरे । कैलाली मिडिया मिसनका संयोजक महासंघका महासचिव उजीर मगरले बाँकेदेखि कर्णालीसम्मको क्षेत्र सन्चारमाध्यम र सन्चारकर्मीहरुको लागि अझै पन असहज रहेको जानकारी गराए ।कैलालीमा स्थानीय पत्रिका प्रकाशन बन्द भएको र केन्द्रीय सूचना पुग्न नसको भन्दै सहजरुपमा काम गर्ने वातावरण बनाउनु पर्ने उनको भनाइ थियो ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC