महोत्तरीमा हिजो भएको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या चार पुगेको छ । प्रहरीको गोली लागि घाइते भएका तिगौनाका बिरेन्द्र बिछाको उपचारका क्रममा मृत्यु भएपछि प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या चार पुगेको हो । उनको उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा मृत्यु भएको हो । यसअघि हिजो भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर जलेश्वर नगरपालिका ७ का रोहण चौधरी, जलेश्वर– १४ का अमित कापर र महोत्तरी गाविस ५ का रामविवेक यादवको मृत्यु भएको थियो । यसैबीच हिजो राती प्रदर्शनकारीले महोत्तरीकै इलाका प्रहरी कार्यालय बलवा र मनरा प्रहरी चौकीमा आगजनी गरेका छन् । आगजनीपछि यी दुई प्रहरी चौकी र ग्रामीण भेगमा रहेका साना चौकीमा तैनाथ प्रहरी अन्य सुरक्षित स्थानमा सरेका छन् । उता, स्थानीय प्रशासनले जलेश्वर नगर क्षेत्रमा बुधबार राती ८ बजेदेखि लगाएको कर्फ्यु बिहीबार पनि जारी राखेको छ । कर्फ्युसँगै आज जलेश्वर बजार सुनसान छ । महोत्तरीकै बनौटामा समेत स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । यता, पर्साको सदरमुकाम वीरगन्ज र आसपासमा स्थानीय प्रशासनले भदौ १४ गतेबाट लगाउँदै आएको कफ्र्यु अझै जारी राखेको छ । प्रशासनले आज बिहान ९ बजेदेखि १ बजेसम्मको लागि मात्र कर्फ्यु हटाएको छ । उता, मोर्चाका कार्यकर्ताले धनुषाका ग्रामीण क्षेत्रमा प्रदर्शन जारी राखेका छन् । संयुक्त मधेशी मोर्चाले आह्वान गरेको तराई बन्द गत साउन २९ गतेबाट जारी छ । मोर्चाको बन्दका कारण मध्य तराईका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनजीवन प्रभावित बनेको छ ।
Home »
National News
» महोत्तरीमा मृत्यु हुनेको संख्या चार पुग्यो, दुई प्रहरी चौकीमा आगजनी
महोत्तरीमा मृत्यु हुनेको संख्या चार पुग्यो, दुई प्रहरी चौकीमा आगजनी
Written By Unknown on Wednesday, September 9, 2015 | 8:47 PM
Labels:
National News
Post a Comment