Home » » सिरियामा रुसी सैनिकको तैनाथ गरिएकोमा अमेरिका र नेटोको आपत्ति

सिरियामा रुसी सैनिकको तैनाथ गरिएकोमा अमेरिका र नेटोको आपत्ति

Written By Unknown on Wednesday, September 9, 2015 | 8:50 PM

अमेरिका र नेटोले सिरियामा रुसी सैनिकको उपस्थिति बढाइएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएका छन् । अमेरिकी विदेश मन्त्री जोन केरीले रुसी समकक्षी सर्गेई लाभरोभसँग टेलिफोन वार्ता गर्दै सैन्य उपस्थितिका बारेमा चासो जनाएका हुन । नेटो प्रमुख जेन्स स्टोलटेनबर्गले पनि यदि खबरहरुमा आए जस्तै रुसले सिरियामा सैनिक बढाएको हो भने त्यसले द्वन्द्वको समाधान नगर्ने बताए । सिरियामा चार वर्षदेखि जारी गृहयुद्धमा मूख्य पक्ष रहेको रुसले भने आफूले सैन्य विज्ञ पठाउनु बाहेक अरु कुनै काम नगरेको बताउँदै आएको छ ।
तर विश्लेषकहरुले भने रुसले दरिलो साथ नदिएको भए सिरियाका शासक बहार अल असादको शासन अन्त्य भैसक्थ्यो भन्ने टिप्पणी गरेका छन् । रुसले थप एअरक्राफ्ट, दुई वटा ट्यांक र केही सैनिक सिरिया पठाएको दावी अमेरिकी अधिकारीहरुको छ । रुसी विदेश मन्त्रालयका प्रवक्ताले भने रुसले सिरियालाई सैन्य प्राविधिक सहयोग गरिरहेको कुरा कुनै लुकेको विषय नभएको तर सैनिक नै पठाइएको भन्ने कुरा चाहीं आधारहीन भएको बताएका छन ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC