Home » » काठमाडौंमा दुईजना डेंगुका बिरामी भेटिए

काठमाडौंमा दुईजना डेंगुका बिरामी भेटिए

Written By Unknown on Tuesday, September 8, 2015 | 7:53 PM


काठमाडौंमा  दुईजना डेंगुका बिरामी भेटिएका छन् । भारत र मलेसियाबाट फर्किएका व्यक्तिमा डेंगु पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो । एडिस एजेप्टाई  नामको पोथी लामखुट्टेले डेंगु रोग लागेको व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई टोक्दा रोग सर्ने गर्छ । अहिले भारतका विभिन्न ठाउँमा पनि डेंगुको संक्रमण बढेकाले त्यहाँबाट काम गरेर फर्केका मानिसमा पनि डेंगुको संक्रमण हुनसक्ने उहाँले बताउनुभयो । तराईका विभिन्न ठाउँमा अहिले डेंगुको जोखिम छ । विशेष गरी कात्तिक, मंसिरमा डेंगु बढी देखिने गरेको छ । डेंगु लागेका बिरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने लक्षण देखिन्छ । औषधी सेवन गरिरहेका बिरामीको रगतमा पनि डेंगुका जीवाणु सक्रिय हुने भएकाले लामखुट्टेको माध्यमबाट अरुमा सर्न सक्ने संभावना धेरै हुने डाक्टर पुनले बताउनुभयो । डेंगु सार्ने लामखुट्टेको लार्भा सफा पानीमा हुर्कने भएकाले पानी राख्ने भाँडो तथा ट्याङ्की छोपेर राख्न तथा घर वरपर सरसफाईमा ध्यान दिन र झुल राखेर सुत्न डाक्टरको सुझाव छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC