स्विडेनलाई हराउँदै अष्ट्रिया युरोकप फुटबलका लागि छनोट भएको छ । स्विडेनमा मंगलबार हिजो राती भएको खेलमा अष्ट्रिया ४–१ ले विजयी भयो । जितसँगै अष्ट्रिया युरोकप फुटबलका छनोट हुने चौथो टोली बनेको छ । अर्को वर्ष फ्रान्समा हुने प्रतियोगिताका लागि इङ्ल्यान्ड, आईसल्याण्ड र चेक गणतन्त्र यसअघि नै छनोट भइसकेका छन् । यता, इङ्लिस फुटबल खेलाडी वायन रुनीले देशका लागि सर्र्वािधक गोल गर्ने कीर्तिमान आफ्नो नाममा राखेका छन् । युरोकप फुटबल छनोटअन्तर्गत हिजो राती भएको स्विट्जरल्याण्ड विरुद्धको खेलमा गोल गर्दै रुनी इङ्ल्याण्डका लागि ५० गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । स्विट्जरल्याण्ड विरुद्धको खेल इङ्ल्याण्डले २–० ले जित्दा रुनीले ८६ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा गोल गरेका थिए । यसअघि इङ्लिस टोलीका लागि सर्र्वािधक गोल गर्ने कीर्तिमान सर बबी चार्लटनको नाममा थियो । युरोपक छनोटअन्तर्गत मंगलबार भएका अन्य खेलहरुमा बेलारुसले लक्जेम्वर्गलाई २–० ले हराउँदा स्पेनले मेसेडोनियालाई १–० ले पराजित र्गयो । यसैगरी रुसले लिचेस्टेनलाई ७–० ले तथा स्लोभेनियाले ईस्टोनियालाई १–० ले पराजित गरेका छन् ।
Home »
Sports News
» अष्ट्रिया युरोकप फुटबलका लागि छनोट, ५० गोल गरेर वायन रुनी चम्किए
अष्ट्रिया युरोकप फुटबलका लागि छनोट, ५० गोल गरेर वायन रुनी चम्किए
Written By Unknown on Tuesday, September 8, 2015 | 7:58 PM
Labels:
Sports News
Post a Comment