भदौ १७

काठमाडौंको बजारमा सबैजसो तरकारीको भाउ सस्तिएको छ । तराईका जिल्लामा भैरहेको बन्दका कारण उपत्यका र आसपासमा उत्पादन भएका तरकारी बाहिरी जिल्लामा निकासी हुन नपाएपछि यहाँ भाउ सस्तो भएको हो । बजारमा तरकारी १० देखि १५ प्रतिशतले सस्तेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । स्वदेशी रातो आलु किलोको ३९, भारतीय रातो आलु २३ देखि २४ र सेतो आलु २८ रुपैयाँ थोक मूल्य छ । यस्तै भान्टा १५ देखि १७, माच्छे खुर्सानी १८ देखि २०, काउली २८ देखि ३०, भिन्डी ३८ देखि ४०, घिउसिमी ३० देखि ३५, चिचिन्डो १५ देखि २०, लौका २८ देखि ३०, मुला १२ देखि १४, बन्दा ३२ देखि ३५, भेडे खुर्सानी ६० देखि ६५, हरियो फर्सी २८ देखि ३०, लामो हरियो फर्सी १२ देखि १५ र टनेलको गोलभेडा किलोको २५ देखि २६ रुपैयाँ थोक मूल्यमा कारोबार भैरहेको छ । प्याजको मूल्य किलोमा १०७ देखि ११० रुपैयाँ थोक मूल्य छ ।
Post a Comment