१७ भदौ,

विश्व फुटबल महासंघ (फिफा)को नयाँ बरियतामा नेपाल फेरि खस्किएको छ । आज सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपाल पहिलेको भन्दा एक स्थान तल झर्दै १८५औं स्थानमा पुगेको छ । सार्क राष्ट्रमध्ये नेपाल सबैभन्दा पुछारमा रहेको छ । शीर्ष स्थानमा रहेको अफगानिस्तान नयाँ बरियतामा ४ स्थान माथि उक्लदै १३० औं स्थानमा पुगेको छ । यस्तै एक स्थानमाथि उक्लिएको भारत १५५ औं स्थानमा पुग्यो । भुटान १६४ औं स्थानमा यथावत छ । एक स्थान माथि उक्लिएको पाकिस्तान १७० औं स्थानमा छ । यस्तै तीन स्थान तल खस्किएको बंगलादेश १७३, दुई स्थान तल झरेको माल्दिभ्स १७७ र दुई स्थान तल झरेको श्रीलंका १८४ औं स्थानमा छन्। एसियाली मुलुकहरूमा सबैभन्दा माथि इरान ४० औं स्थानमा र दक्षिण कोरिया ५७औं स्थानमा छन्। फिफाको विश्व वरियतामा शीर्ष स्थानमा रहेको अर्जे्न्टिना सहित सात टीममा कुनै परिवर्तन भएको छैन । बेल्जियम दोस्रो, जर्मनी तेस्रो, कोलम्बिया चौथो, ब्राजिल पाँचौ, पोर्चुगल छैटौं र रोमानिया सातौं स्थानमा छन्। दुई स्थान माथि उक्लिएको चिली आठौं नम्बरमा छ । यस्तै वेल्स नवौं नम्बरमा यथावत रहँदा दुई स्थान तल झरेको इंग्ल्याण्ड दशौं नम्बरमा पुगेको छ । स्पेन ११ र नेदरल्याण्ड १२औ स्थानमा छन्।
Post a Comment