Home »
Entertainment
» एल्बम सार्वजनिक नहुदै भिडियो लोकप्रिय भए पछि बराल दंग
एल्बम सार्वजनिक नहुदै भिडियो लोकप्रिय भए पछि बराल दंग
Written By Rijan KC on Wednesday, September 2, 2015 | 8:05 PM
लमजुङका उदयीमान गीतकार किरण वरालको पहिलो आधुनिक गीतहरुको संग्रह ‘सार्थक’ सार्वजनिक भइनसके पनि यस भित्र समेटीएको ‘तिमी संग नजिक भएर…’ बोलको गीतको म्युजिक भिडियो टेलिभिजन तथा यु ट्युबमा सार्वजनिक भए लगत्तै संगीतप्रेमी दर्शकहरुले निकै मन पराएका छन् । अहिलेका चर्चित र लोकप्रिय गायक स्वरुपराज आचार्यको जादु भरिएको स्वरले सजिएको बरालको उक्त गीतमा सयौं लोकप्रिय गीतमा आफ्नो समुधुर संगीत दिन सफल भएका बीबी अनुरागीले संगीत भर्नु भएको छ, । बरालको गीत कुनै प्रयोगबादी गीत नभएर नेपाली सुगम संगीतको मुलधारको नया“ स्वाद मात्र भएको बताउने गीतकार बराल आफ्नो एल्बमको भिडियो तयार भई सार्वजनिक हुनु अगावै श्रोता दर्शकले अत्यधिक मन पराइदिए पछि दंग पर्नु भएको छ । एउटै गीत इन्टरनेटमा हिट भए पछि एल्बमका सबै गीतलाई छायांकन गर्न हौसला मिलेको बरालले बताउनुभयो । मायाको गहिराईलाई ननापी सतही ढंगबाट रुप र यौवनलाई मात्रै माया हो भनेर भौतिक गुणमा आकर्षित हु“दा यथास्थितीमा चलिरहेको जीवन कति सम्म बर्बाद हुन्छ भन्ने कुरालाई भिडियोले कलात्मक ढंगबाट प्रस्तुत गरेको छ । माया भन्दा रुप र यौवन प्रधान हु“दै गइरहेको वर्तमान समयको सत्यतालाई यस भिडियो मार्फत देखाउन खोजीएको छ । यस गीतको भिडियोमा अहिलेका ब्यस्त मोडल निराजन प्रधान र बेनिसा हमालले अभिनय गरेका छन् । भिडियोमा हरि हुंमागाईको छाया“कन र निसान घिमिरेको सम्पादन छ । भिडियोमा गीतको भाव अनुसारको बिषयबस्तुलाई समेत निकै आकर्षक ढंगबाट प्रस्तुत गरिएको निर्देशक बिशाल भण्डारीले जानकारी दिनुभयो । एसिएन म्युजिकले बजारमा ल्याउन लागेको उक्त एल्बम छिट्टै सार्वजनिक हुने गीतकार वरालले जानकारी दिनु भएको छ । उक्त एल्बममा स्वरुपराज आचार्य लगायत अहिलेका चर्चित सांगितिक हस्तीहरु शिशिर योगी, अन्जु पन्त, दिनेश गौतम, बिमल पराजुलीको सुमधुर स्वर समेटीएको छ भने संगीत बि.बि अनुरागी, दिपक सर्मा, शिशिर योगी, पुस्तक प्रसाद र बिमल पराजुलीको छ । एल्बम सार्थक भित्र समेटीएका सबै गीतमा सर्जक किरण वरालले शब्द रचना गर्नु भएको हो । प्रेम र बिछोडको बिषयमात्र नभएर यस एल्बममा कर्णालीका जनताहरुको दुख पिडालाई सरकारले सम्बोधन गर्न नसकेको कुरालाई समेत बजोड ढंगले प्रस्तुत गरिएको ‘डोल्पाले चामल पा छैन’ बोलको गीत पनि समेटिएको छ जसमा शिशिर योगीको स्वर एबम संगीत रहेको छ । त्यस्तै यस एल्बममा पुस्तक प्रसादको संगीत र दिनेस गौतमको स्वरमा रहेको एउटा गजल समेत समाबेश गरिएको छ । सर्जक किरण वरालकी स्वर्गीय आमा राधा वरालको स्मृतीमा बजारमा आउन लागेको यस एल्बमका सम्पूर्ण गीतहरुको रेकर्डिङ लगायतका प्राबिधिक कामहरु पुरा भइसकेको र छिट्टै नै एल्बम सार्वजनिक गरिने बताइएको छ ।
Post a Comment