भाद्र १६

स्थापनाको एकबर्ष भित्र रोटरी क्लब अफ मकवानपुरले हेटौंडामा राष्ट्रिय स्तरको सेभेन ए साईड फुटबल प्रतियोगिता गर्ने भएको छ । स्वास्थ्यको लागि खेलकुद भन्ने नारासहित असोज ७ गतेदेखि ४० बर्ष भन्दा माथिका खेलाडीहरु बीच रोटरी कप राष्ट्रिय सेभेन ए साईड फुटबल प्रतियोगिता २०१५,०१६ हुने पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगिताको लागि काठमाण्डौका र पोखराबाट २,२, धरान, चन्द्रनिगाहापुर, आयोजक र स्थानियबाट एक÷एक टिम गरी ८ वटा टिमले पहिलो संस्करणमा सहभागिता जनाउने क्लबका अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले बताए । नकआउटको आधारमा खेलाईने प्रतियोगिताको बिजेता हुने टिमले चालिस हजार एक र उपबिजेता हुने टिमले बीसहजार नगद पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक बिजयकुमार श्रेष्ठले बताउनुभयो । त्यस्तै प्रतियोगितामा हरेक म्याचमा म्यान अफ द म्याच प्रदान गर्ने, म्यान अफ द सिरिज, हाई स्कोर, उत्कृष्ट गोल रक्षकलाई समेत पुरस्कृत गरिने संयोजक श्रेष्ठले बताए । स्थानिय भुटनदेबी उच्च माबिको नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुरद्धारा संरक्षित मैदानमा आयोजना गरीने प्रतियोगिताको मुख्य प्रायोजक मोटल एभोकाडो, सहप्रायोजक हुलास स्टिल ईन्डष्ट्रिज रहेको सह–संयोजक कबिन साँगामीले जानकारी दिए । जिल्ला खेलकुद विकास समिती र फुटबल संघ मकवानपुरले प्रतियोगितामा आर्थिक तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाए । जिल्ला खेलकुद विकास समितीका अध्यक्ष माधब तिमल्सिनाले पुराना फुटबलरको पुनर्मिलन तथा स्थानिय स्तरको गौरबका रुपमा आयोजना गर्न लागिएको प्रतियोगिताको लागि आर्थिक सहयोग गर्न पनि तयार रहेको बताए । पाँचहजार रुपैंया टिम दर्ता शुल्क तोकिएको प्रतियोगितामा सहभागि मकवानपुर टिम बाहेकका टिमका खेलाडीहरुलाई आबासको व्यवस्था मिलाईएको क्लबले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न तीनलाख रुपैंया खर्च अनुमान गरिएको छ । साथै यस प्रकारको प्रतियोगितालाई क्लबले निरन्तरता दिँदै जाने समेत जनाएको छ ।

Post a Comment