Home » » घटेको गाडी भाडा लागु गर्न परिपत्र

घटेको गाडी भाडा लागु गर्न परिपत्र

Written By Unknown on Saturday, September 12, 2015 | 8:32 PM

सार्वजनिक गाडीमा घटेको भाडा लागु गर्न सबैलाई परिपत्र गरिसकिएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघका महासचिवसरोज सिटौलाका अनुसार केन्द्रबाट सबै अञ्चलमा घटेको भाडा लागु गर्न पत्र पठाइसकिएको छ । तर व्यवसायीले पत्र नपाएको भन्दै पुरानै भाडा दर लिइरहेका छन् । पेट्रोलियम पदार्थको भाउ घटेपछि सरकार र यातायात व्यवसायीबीचको सहमतिमा गएको शुक्रबारदेखि लागु हुने गरी भाडा समायोजन गरिएको हो । जसअनुसार यात्रुबाहक बसमा २ दशमलब २२ प्रतिशत, ट्याक्सीको १ दशमलव ६३ प्रतिशत, तराईमा चल्ने मालबाहक ट्रकमा ३ दशमलब ४५, पहाडमा चल्ने ट्रकमा ३ दशमलव १० प्रतिशत भाडा घटाइएको छ । नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाको न्युनतम भाडा अब १३ रुपैयाँ भएको छ । तोकिएकोभन्दा बढी भाडा लिएमा नजिकको जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी वा प्रहरीलाई जानकारी गराउन यातायात व्यवस्था विभागले अनुरोध गरेको छ । भाडा बढी लिए नलिएकोबारे महासंघले पनि अनुगमन गर्ने सिटौलाले बताउनुभयो ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC