Home » » घटेको भाडा लागू नगर्ने सार्वजनिक गाडीलाई सरकारले कार्वाही गर्ने

घटेको भाडा लागू नगर्ने सार्वजनिक गाडीलाई सरकारले कार्वाही गर्ने

Written By Unknown on Sunday, September 13, 2015 | 7:45 PM

घटेको भाडा लागू नगर्ने सार्वजनिक गाडीलाई सरकारले कार्वाही गर्न थालेको छ । यातायात व्यवस्था विभागले अनुगमनका क्रममा भाडा बढी लिने गाडीलाई कारबाही थालेको हो । हिजो ३० वटा गाडीलाई कारबाही गरिएको र आज पनि बिहानैदेखि अनुगमन थालेको विभागले जनाएको छ । विभागका प्रवक्ता वसन्त अधिकारीका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार बढी भाडा लिने गाडीलाई एक हजारदेखि ५ हजार रुपैयाँसम्मको जरीवाना हुनेछ । बढी भाडा लिनेलाई विभागले हदै सम्मको कारबाही गरेको उहाँले बताउनुभयो । गएको शुक्रबारदेखि लागू हुने गरी सार्वजनिक गाडीमा भाडा घटाएपनि गाडीवालाले लागू नगरेपछि विभागले कार्ययोजना बनाएरै अनुगमनलाई तीव्र पारेको छ । अहिले तीनवटा टोली अनुगमनमा खटिएका छन् । विभागका प्रवक्ता अधिकारीले घटेको भाडा अनुसार मात्र भाडा तिर्न यात्रु पनि सचेत हुनुपर्ने बताउनुभयो । बढी भाडा लिए नजिकैको ट्राफिक प्रहरीलाई जानकारी गराउन पनि उहाँको आग्रह छ । सरकारले घटेको भाडादर अनुसार काठमाण्डू उपत्यकाको न्युनतम भाडा १३ रुपैयाँ पर्छ । अरु ठाउँको भाडादर विभागले आफ्नो वेवसाइटमा राखेको छ । 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC