सार्वजनिक गाडीमा घटेको भाडादर आजदेखि लागू भएको छ । पेट्रोलियम पदार्थको भाउ घटेपछि सरकार र यातायात व्यवसायीबीचको सहमतिमा भाडा समायोजन गरिएको हो । यात्रुबाहक बसमा २ दशमलब २२ प्रतिशत, ट्याक्सीको १ दशमलव ६३ प्रतिशत, तराईमा चल्ने मालबाहक ट्रकमा ३ दशमलब ४५, पहाडमा चल्ने ट्रकमा ३ दशमलव १० प्रतिशत भाडा घटाइएको छ । नयाँ भाडादर अनुसार काठमाण्डू उपत्यकाको न्युनतम भाडा अब १३ रुपैयाँ हुन्छ । तोकिएको भन्दा बढी भाडा लिएमा नजिकको जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी या प्रहरीलाई जानकारी गराउन यातायात व्यवस्था विभागले अनुरोध गरेको छ ।
Home »
National News
» सार्वजनिक गाडीमा घटेको भाडादर आज लागू
सार्वजनिक गाडीमा घटेको भाडादर आज लागू
Written By Unknown on Thursday, September 10, 2015 | 8:18 PM
Labels:
National News
Post a Comment