Home » » रक्तचन्दनको कारोबार गर्ने तीन जना पक्राउ

रक्तचन्दनको कारोबार गर्ने तीन जना पक्राउ

Written By Unknown on Wednesday, September 2, 2015 | 3:50 AM


भदौ १६ 

रक्तचन्दनको कारोबार गर्ने तीन जना काठमाडौंमा पक्राउ परेका छन् । वन्यजन्तु तथा वनस्पतीसँग सम्बन्धी अपराध अनुसन्धान तथा नियन्त्रणका लागि खटिएको टोलीले १ सय ९२ वटा रक्तचन्दनको मालासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंको टोखा–१० का निरोज थापा मगर, बसुन्धराका प्रवेश गुरुङ र ओखलढुंगा मोली–८ का उद्धव वायुंग राई रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तीसारमा बुझाइएको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC