Home » » चीनसँग जोड्ने सडक तत्काल स्तरउन्नति गर्नुपर्छ : गच्छदार

चीनसँग जोड्ने सडक तत्काल स्तरउन्नति गर्नुपर्छ : गच्छदार

Written By Rijan KC on Monday, November 9, 2015 | 6:56 PM

काठमाडौं- उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले चीनसँग जोड्ने सडकहरुको स्तरउन्नति गर्नुपर्ने बताएका छन्। संसदको विकास समितिको बैठकमा उनले चीनसँगको सम्बन्ध बढाउन सकेको भए आज यस्तो अवस्था देख्नो नपर्ने बताए।
'उत्तरी नाकासँग सम्बन्ध बढाउन सकेको भए आजको परिस्थिति भोग्न पर्दैनथ्यो,' समितको बैठकमा गच्छदारले भने, 'उत्तरी नाका विस्तार गर्न कठीनाइ भए पनि गर्न जरुरी भइसकेको छ।' उनले भारतको विकल्पको रुपमा चीनका नाकाहरु विस्तार गर्नुपर्ने बताए।

बैठकमा हाल चीनसँग जोडिएका नाकाहरुको स्तरउन्नति र सम्भावित सडकहरुको काम तत्काल सुरु गर्नुपर्नेबारे छलफल भएको हो। बैठकमा सिन्धुपाल्चोकको तातोपानी नाका, रसुवाको केरुङ नाका र  कोरला नाकाबारे छलफल भएकाे हो। गच्छदारले पनि यी तीन वटै नाका तत्काल सुरु गर्नुपर्ने बताए।

त्यस्तै सडक विभागका महानिर्देशक माधवकुमार कार्कीले तातोपानी र केरुङ नाका डेढ-दुई वर्षमै डबल लेनको बनाउन सकिने उल्लेख गरे। त्यसका लागि आवश्यक पर्ने बजेट सरकारले बिनियोजन गर्नुपर्ने उनले बताए। 'चीनसँग सुचारु भइसकेको तातोपानी र केरुङ नाका तत्कालै डबल लेन बनाउन सकिन्छ,' कार्कीले भने, 'त्यसका निम्ति आवश्यक पर्ने साढे तीन अर्ब बजेट सरकारले छुट्ट्याउनपर्छ।' कार्कीले कोरला नाका पनि डेढ दुई वर्षमै सञ्चालनमा ल्याउन सकिने बताए। त्यसका निम्ति भने साढे दुई अर्ब बजेटको आवश्यकता पर्ने कार्कीको भनाइ छ।

बैठकमा चीनसँग जोड्ने सम्भावित सडकहरुबारे छलफल भएकाे हाे।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC