कार्तिक २३, २०७२- काठमाडौंबाट इस्तानबुल
उडेको टर्किस एयरलायन्सको जहाज टेकअफ गर्दा चरा ठोकिएको छ । त्रिभुवन
अन्तराष्ट्रिय विमानस्थलको उच्च स्रोतले दिएको जानकारी अनुसार,
कोटेश्वरतर्फबाट उडेको जहाजमा चरा ठोकिएपछि ठूलो आवाजसहित आगोको झिल्का
देखीएको थियो । तर, चालकहरुले काठमाडौं टावरलाई जहाजमा कुनै पनि असर नपरेको
जनाउँदै गन्तव्यतर्फको उडानलाई निरन्तरता दिने रिपोर्टीङ गरेका छन् ।
‘जहाजमा चरा ठोक्कियो तर कुन भागमा ठोक्कियो भन्नेबारे उनीहरुले थाहा पाएनछन्,’ स्रोतले टावरमा एयरट्राफिकलाई उद्धृत गर्दै चालकले गन्तव्यतिरै जाने र नफर्किने भनेको बतायो ।

यो जहाजको उडान समय १२ बजेर ४५ मिनेट थियो तर १६ मिनेट ढिलो अर्थात् नेपाली समय अनुसार १ बजेर १ मिनेटमा काठमाडौंबाट उडेको थियो । विमानस्थलले जहाजले टेकअफ गरेर चार सय फिटमाथि आकाशमा चरा ठोक्किएको पुष्टि गरेको छ । काठमाडौंबाट ७ घन्टा लामो उडान भरेर इस्तानबुल पुग्ने टर्किस नेपालमा नाकाबन्दी भएयता दिल्लीमा टेक्निीकल ल्यान्डिङ गरेर इन्धन भरेर मात्रै उड्दै आएको छ ।
असोज कात्तिकको महिना विमानस्थलको धानमार्गमा गड्यौला खान अत्याधीक चराहरु आउने बेला मानिन्छ ।
Post a Comment