Home » » २३ वर्षपछि नेपालले अन्तराष्ट्रिय फुटबलको उपाधि जित्यो

२३ वर्षपछि नेपालले अन्तराष्ट्रिय फुटबलको उपाधि जित्यो

Written By Rijan KC on Friday, January 22, 2016 | 5:06 AM

८ माघ, काठमाडौं । नेपालले २३ वर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा बहराइनलाई ३-० गोल अन्तरले पराजित गर्दै बङबन्धु कप फुटबलको उपाधि जितेको हो । यो २३ वर्षपछि नेपालले जितेको अन्तराष्ट्रिय फुटबल उपाधि समेत हो । यसअघि नेपालले १९९३ मा साफ गेम्समा स्वर्ण जितेको थियो । ढाकामा भएको खेलमा नेपालले ५ औं मिनेटमा नै विमल घर्ती मगरले गोल गरे । विराज महर्जनको क्रसमा अन्जन विष्टले हेड गरेका थिए । उनको हेड बल बहराइनका गोलरक्षकले हाफ क्लियर गरे । खेलको ८१ औं मिनेटमा दुबै टीम १० खेलाडीमा सिमित भए । नेपालका सुमन लामाले रातो कार्ड पाए । विक्रम लामा र बहराइनका खेलाडीबीचको विवादमा सुमन झगडा गर्न पुगेका थिए । तर, अन्तिममा नेपाल दोस्रो गोल गर्न सफल भयो । अन्जन विष्टको उत्कृष्ट पासमा विशाल राईले गोल गरेका हुन् । लगतै नवयुग श्रेष्ठले गोल गर्दै नेपाललार्इ ३-० को शानदार जित दिलाए । 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC