अजय कुमार झा जनकपुरधाम, माघ ११ ।
संयुक्त लोकतान्त्रिक मधशी मोर्चा, संघीय मधेशी समावेशी गठबन्धन तथा अन्य आन्दोलनरत पक्षले संविधानको पहिलो संशोधन मधेशीलाई धोका दिनको लागि भएको भन्दै आज जनकपुरधाममा लाठी जुलुस प्रदर्शन गरेका छन् ।
जनकपुरको जनक चौकवाट मोर्चाको लाठी जुलुस शुरु भएर राम चौक, सुनचादी बजार, जानकी चौक, शिव चौक, भानु चौक भएर पुनः जनक चौकमा पुगेर सम्पन्न भएको थियो । मोर्चाका नेताहरुले सरकार तथा तीन दलका नेताहरुको विरुद्धमा चर्को नारावाजी गरेका थिए ।
उनीहरुले संविधानको संशोधन गलत रहेको बताउदै आफूहरुले कुनै पनि हालतमा स्वीकार गर्ने बताए । यसरी मन्तव्य राख्नेहरुमा मोर्चाका जिल्ला संयोजक एवं सद्भावना पार्टीका जिल्ला अध्यक्ष संजय सिंह, संघीइ समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष शेषनाराण यादव, तमलोपाका अध्यक्ष परमेश्वर साह तथा तमसपाका जिल्ला अध्यक्ष रुपनारायण मण्डलले जारी रहेको मधेश आन्दोलनको माग संबोधन नभएसम्म आन्दोलन नरोकिने बताउनु भयो ।
कार्यक्रममा जिल्ला तथा क्षेत्र स्तरका नेताहरुको मात्र सहभागिता रहेका थिए । मोर्चाको लाठी जुलुसको क्रममा मात्र बजार बन्द गर्ने काम भएको थियो । जनकपुरका अधिकांश बजार खुल्ला नै रहेका छन् ।
Post a Comment