बैशाख ३०, भरतपुर । पूर्व प्रहरी संगठन चितवनले आज ( बिहिवार ) ४१ जना दाताहरुलाई सम्मान गरेको छ । संगठनको कार्यालय निर्माणमा सहयोग गर्ने विभिन्न दाताहरुलाई एक कार्यक्रमका बिच सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् मध्य क्षेत्रीय तालिम शिक्षालय भरतपुरका प्रमुख रणबहादुर चन्दले आगामी दिनमा यस संगठनले उदाहरणीय कार्य गर्दै जाने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा चितवनका प्रहरी प्रमुख बसन्त बहादुर कँुवर, ट्राफिक प्रहरी प्रमुख राजन भेटवाल, संगठनका केन्द्रिय सदस्य लालकुमारी थपलिया लगायतको सहभागीता थियो । कार्यक्रम संगठनका अध्यक्ष चक्रबहादुर कार्कीको अध्यक्षतामा भएको थियो । जिल्लामा ५ सय २४ जना पूर्व प्रहरी संगठनको आजीवन सदस्य रहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
Home »
Local News
» ४१ दाताहरु सम्मानित
४१ दाताहरु सम्मानित
Written By Unknown on Thursday, May 12, 2016 | 6:44 AM
Labels:
Local News
Post a Comment