Home » » चितवनमा अन्तरबिद्यालय टि–ट्वान्टी क्रिकेट हुने

चितवनमा अन्तरबिद्यालय टि–ट्वान्टी क्रिकेट हुने

Written By Unknown on Thursday, May 12, 2016 | 6:37 AM


बैशाख ३०, भरतपुर । चितवनमा यही जेष्ठ ३ गते देखि अन्तर विद्यालय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । स्पोर्टस् साइन्स एकेडमी चितवनको आयोजना तथा सेन्ट जेभियर्स इन्स्टिच्युट भरतपुरको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । वीरेन्द्र बहुमुखी क्याम्पसको नौ विगाह क्रिकेट मैदानमा हुने खेल जेष्ठ १५ गतेसम्म चल्नेछ । प्रतियोगितामा नवलपरासी, काठमाण्डौ र चितवन लगायत १८ वटा विद्यालयहरु सहभागी हुने आज ( बिहिवार ) पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । प्रतियोगिताको मुख्य नारा पढाई लेखाई संगसंगै क्रिकेट भन्ने रहेको छ । यस प्रतियोगितालाई स्कुल लिग क्रिकेट एस.एल.सी कपको नाम समेत दिइएको छ ।कुल १ लाख बजेट भएको यस प्रतियोगितामा विद्यार्थी तथा सहभागी टोलीहरुलाई ६० हजार बराबरको छात्रवृत्ति एवम् पुरस्कार समेत वितरण गरिनेछ । प्रतियोगितालाई प्याब्सन चितवन, जिल्ला क्रिकेट संघ, भरतपुर क्रिकेट संघ, सनराईज भूतपूर्व विद्यार्थी समाज लगायतका संस्थाहरुले सहयोग गरेको छ । लिग, सुपर सिक्सका खेल हुँदै फाइन खेल खेलाईने कार्यक्रम संयोजक अनिल अधिकारीले जानकारी दिनुभयो । यस प्रकारका खेलहरुबाट राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने सेन्ट जेभियर्स इन्स्टिच्युट भरतपुरका प्रबन्ध निर्देशक प्रशान्त अधिकारीले विश्वास व्यक्त गर्नुभयो । 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC