Home » » बालमैत्री कार्यक्रमको समिक्षा

बालमैत्री कार्यक्रमको समिक्षा

Written By Unknown on Monday, May 16, 2016 | 6:42 AM

जेठ ३, रत्ननगर । रत्ननगर नगरपालिकामा संचालित वालमैत्री स्थानिय शासन कार्यक्रमको समिक्षा गरिएको छ । सन् २०१७ भित्र वालवालिकालाई श्रमबाट मुक्त र सन् २०१९ सम्म वालमैत्री नगर घोषणा गर्ने लक्ष्यका साथ यस नगरपालिकामा वालमैत्री स्थानिय शासन कार्यक्रम संचालनमा रहेको हो । रत्ननगर नगरपालिका र युनिसेफ नेपालको सहयोगमा रत्ननगर उद्योग वाणिज्य संघ र सामुदायिक सेवा केन्द्रले जिम्मा पाए अनुसार कार्यक्रम गरीरहेका छन् । आईतवार र सोमवार दुई दिन सम्म चलेको समिक्षा कार्यक्रममा सहभागीहरुले श्रमबाट मुक्त गराउनुका साथै विद्यालय गरेर मात्रै नभई योजना निर्माण प्रक्रियामा उनीहरुलाई सहभगाी गराउनु पर्ने सुझाव आएको नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तेजेन्द्रनाथ लामिछानेले जानकारी दिए ।लामिछानेका अनुसार अहिले सम्म भएका कामहरुका बारे समुहगत रुपमा छलफल गरी सुझाव दिईएको थियो । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले नगरपालिका र साझेदार संस्था मात्रै नभई अन्य सरोकार राख्ने संघसंस्थाले पनि वालमैत्री नगर घोषणाका बारे जिम्मेवारी वहन गर्दै सहयोग गर्नु पर्ने वताए ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC