जेठ ३, रत्ननगर । महिला लक्षित कार्यक्रम अन्र्तगत रत्ननगर १५ मा निशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । जेठ २ र ३ गते सञ्चालन भएको शिविरमा ८५ जना महिलाहरुले आफ्नो पाठेघरको मुखको परिक्षण गरेका थिए । रत्ननगर नगरपालिकाको सहयोगमा सञ्चालन भएको शिविरमा बोल्दै पिठुवा सेवा केन्द्रका प्रमुख चन्द्रमणी आचार्यले समुदायमा अझ महिलाहरु आफ्नो स्वास्थ्य समस्या लुकाएर बसिरहेको कुरा बताउनु भयो । यहाले यो शिविर स्थानिय महिलाहरुको लागी एक अवसर भएको कुरा व्यक्त गर्नु भयो । शिविरमा बोल्दै रत्ननगर १५ का कांग्रेस सभापति शिव तिवारीले समुदायमा महिलाको संकोच भावनालाई यस शिविरले वाहिर ल्याउन सहयोग गरेको बताउनु भयो । शिविरमा वडा नागरिक मञ्च रत्ननगर १५ कि संयोजक सर्मिला लामिछाने, सिलाईकटाई तालिमकी संयोजक चञ्चला घिमिरे लगायतकाले बोल्नु भएको थियो । कार्यक्रम समितीकी संयोजक इन्दिरा अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
Home »
Local News
» रत्ननगर १५ मा निशुल्क महिला स्वास्थ्य शिविर
रत्ननगर १५ मा निशुल्क महिला स्वास्थ्य शिविर
Written By Unknown on Monday, May 16, 2016 | 6:40 AM
Labels:
Local News
Post a Comment