Home » » सिलाई कटाई तालिम समापन

सिलाई कटाई तालिम समापन

Written By Unknown on Friday, May 13, 2016 | 7:10 PM

बैसाख ३१, रत्ननगर । जेन्टल हर्ट फाउण्डेशन र सेवा अहिले नेपाल, काठमाडौंको सहयोगमा संचालित ६ महिने निशुल्क सिलाई कटाई तालिम आज शुक्रबार सम्पन्न भएको छ । पूर्वी चितवनको कालिका नगरपालिका स्थित पदमपुर र जुटपानीमा संचालित सो तालिममा ३९ जना महिलाहरुको सहभागिता रहेको थियो । जेन्टल हर्ट फाउण्डेशनले २० जना र सेवा अहिले नेपाल नामक संस्थाले १९ जनालाई तालिम दिई निशुल्क सिलाई मेशिन समेत उपलब्ध गराएको सेवा अहिले नेपालका अध्यक्ष रेबिका ढकाल तामाङ्गले जानकारी दिनुभयो । सोही अवसरमा सिद्धि र जुटपानीका ४८ जना विपन्न विद्यार्थीहरुलाई स्टेशनरी, खाजा, ब्रस मंजन समेत वितरण गरिएको थियो । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकृत रामहरि न्यौपानेले सहभागिहरुलाई सिलाई मेशिन हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा न्यौपानेले सिकेको सीप व्यवहारमा उतारेर आयमुलक काम गर्न यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सोही अवसरमा कालिका नगरपालिकाका लेखा शाखा प्रमुख कृष्ण प्रसाद आचार्य, पत्रकार शिशिर सिंखडा, पृथ्वी उच्च मा.वि. व्यवस्थापन समितिका अध्यक्ष श्रीधर अर्याल, सेवा अहिले नेपालका कार्यक्रम संयोजक जगदिश पोख्रेल, जेन्टल हर्ट फाउण्डेशनका स्थानीय संयोजक ईश्वर कुमार श्रेष्ठ, प्रशिक्षार्थी कमला घलान लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी जेन्टल हर्ट फाउण्डेशनको सहयोगमा नवलपरासीको पिठौली, नयाँबस्ती स्थित १ सय ४ विपन्न परिवारका विद्यार्थीहरुलाई पनि स्टेशनरी, खाजा, ब्रस मंजन वितरण गरिएको जेन्टल हर्ट फाउण्डेशन, काठमाडौंका अध्यक्ष अर्जुन ढकालले जानकारी दिनुभयो । सोही संस्थाले ५१ विपन्न घरपरिवारलाई ५१ वटा शौचालय निशुल्क रुपमा निर्माण समेत गरिदिएको ढकालले जानकारी दिनुभयो । जेन्टल हर्ट फाउण्डेशन र सेवा अहिले नेपालले यस अघि पनि चितवन र नवलपरासीमा निशुल्क स्वास्थ्य शिविर, छात्रवृत्ति, भुकम्प पिडितलाई आर्थिक सहयोग, जाडोमा लगाउने कपडा, झुल वितरण, विद्यालयहरुमा निशुल्क पानी शुद्धिकरण गर्ने मेशिन लगायतका सामाजिक सहयोगहरु गर्दै आएको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC