Home » » साहित्यकारद्धय पुष्प अधिकारी अञ्जली र बालकृष्ण थपलिया सम्मानित

साहित्यकारद्धय पुष्प अधिकारी अञ्जली र बालकृष्ण थपलिया सम्मानित

Written By Unknown on Saturday, May 14, 2016 | 5:15 AM

जेठ १, रत्ननगर । चितवनका चर्चित साहित्यकारद्धय पुष्प अधिकारी अञ्जली र बालकृष्ण थपलिया सम्मानित भएका छन । हालै नेपाली लेखक संघका केन्द्रिय सचिव र केन्द्रिय सदस्य पदमा निर्वाचित भएपछि उनीहरुलाई सम्मान गरिएको हो । शनिबार पुर्वी चितवनको कालिका नगरपालिका ७ खोलेसिमलमा कालीगण्डकी साहित्य मञ्चद्धरा आयोजित एक समारोहका बीच उनीहरुलाई बधाईपत्र र खादा ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल लेखक संघका नारायणी अञ्चल अध्यक्ष साहित्यकार केदारनाथ खनालले उनीहरुलाई खादा ओढाएर बधाईपत्र प्रदान गरेका थिए । खनालले साहित्य र लेखनको फाँटमा अधिकारी र थपलियाले नयाँ आयाम ल्याउने बिश्वास ब्यक्त गरे । सम्मान ग्रहण गर्दै साहित्यकार पुष्प अधिकारी अञ्जलीले अब नयाँ जिम्मेवारी थपिएको र समग्र साहित्यकारहरुको पक्षमा सधै लड्ने बताए । त्यस्तै साहित्यकार बालकृष्ण थपलियाले लेख्ने जिम्मेवारी बढेको भन्दै साथ दिने सबैलाई धन्यवाद दिए ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा जुटपानीका सभापति गणेश शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा चर्चित साहित्यकारहरु धनराज गिरी, केशवराज आमोदी, एक नारायण पौडेललगायत तीन दर्जन बढि साहित्यकारहरुको उपस्थिति रहेको थियो । त्यस्तै साहित्यकारहरु राजेश रुम्बा, रुद्रराज कँडेल, रामचन्द्र रेग्मी लगायत उपस्थित दर्जन बढि नवप्रतिभाहरुले आआफ्नो सिर्जना पनि बाचन गरेका थिए । 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC