बैशाख ३०, भण्डारा । माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुले परिवार नियोजनको महत्व झल्काउँदै आफ्नो बोल्ने कला प्रदर्शन गरेका छन् । चितवनको भण्डारा र कठारमा रहेको माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरुले यस्तो कला प्रदर्शन गरेका हुन् । नेपाल सरकार स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजना तथा यू.एस.ए.आई.डी÷एचसीथ्री नेपाल परियोजनाको सहयोगमा आयोजित परिवार नियोजन, स्मार्ट बन्छ जीवन विषयक अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरुले परिवार नियोजनबारे खुलेर आफ्नो विचार व्यक्त गरेका छन् ।बक्तृत्वकला प्रतियोगिता भण्डारा उच्च माविमा बुधबार र कठार उच्च माविमा विहीबार सम्पन्न भएको हो । भण्डारामा १३ जना र कठारमा १२ जना छात्रछात्राले परिवार नियोजन, स्मार्ट बन्छ जीवन विषयमा आ–आफ्नो विचार प्रस्तुत गरेका थिए । भण्डारमा सञ्चालित कार्यक्रममा सहभागी मध्येबाट शान्त भट्ट प्रथम, विशाल सारु द्धितीय र प्रबिण पौडेल तृतीय भई पुरस्कृत भएका थिए भने कठारमा अञ्जली गुरुङ, विजय परियार र रोशिका चौधरीले क्रमशः प्रथम, द्धितीय र तृतीय घोषित भई पुरस्कार प्राप्त गरेका थिए ।
Home »
Local News
» परिवार नियोजनको महत्व झल्काउदै बिद्यार्थी
परिवार नियोजनको महत्व झल्काउदै बिद्यार्थी
Written By Unknown on Thursday, May 12, 2016 | 6:25 AM
Labels:
Local News
Post a Comment