बैशाख ३०, खैरहनी । पछिल्लो समयमा पर्यटनको विकास हुँदै गएको पूर्वी चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा चारवटा थारु होमस्टे(घरवास) सञ्चालनमा आएको छ ।पर्यटकलाई थारुको रहनसहन र थारुकै परिकारका स्वाद उपलब्ध गराउने गरी थारु होमस्टे निर्माण गरिएको सहयोगी संस्था कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले जानकारी दिए । खैरहनी नगरपालिका–१३ हर्नरीमा थारु होमस्टे निर्माण भएको हो । स्थानीय विका महतो र सेना महतोलगायत चारवटा होमस्टेमा पर्यटक राख्नसमेत सुरु गरिएको छ ।सोही क्षेत्रमा दुईवटा तामाङ होमस्टे निर्माणको कामसमेत सम्पन्न भएकाले निकट भविश्यमै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । पर्यटकको बसाइँ लम्ब्याउन यहाँ थारु र तामाङको १०् १० वटा होमस्टे निर्माण गर्ने योजना रहेको स्थानीय संरक्षणकर्मी ईश्वरी पाठकले बताउनुभयो । ती होमस्टे निर्माणका लागि सांसद सुरेन्द्र पाण्डेको सांसद विकास कोषबाट १० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।यस्तै बुढी राप्ती उपभोक्ता समितिले सात लाख रुपैयाँ र खैरहनी नगरपालिकाले दुई लाख रुपैयाँ सहयोग गरेको छ । अपुग रकम दुई लाख रुपैयाँका दरले सञ्चालक आफैँले लगानी गर्ने गरी निर्माण सुरु भएको स्थानीयवासी गोविन्द दराईले बताए । होमस्टेका लागि काठपात स्थानीय सामुदायिक वनले उपलब्ध गराउने छ ।
खैरहनीमा होमस्टे सञ्चालन
Written By Unknown on Thursday, May 12, 2016 | 6:21 AM
Labels:
Local News,
National News
Post a Comment