Home » » आजबाट लोडसेडिङ घट्यो

आजबाट लोडसेडिङ घट्यो

Written By Unknown on Thursday, May 19, 2016 | 6:58 PM

काठमाडौं, जेठ ७ – नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि लोडसेडिङको समय घटाएको छ । यसअघि हप्तामा ७७ घण्टा लोडसेडिङ हुने गरेकामा अब ७० घण्टा मात्र विद्युत कटौती हुने भएको हो । 
प्राधिकरणका अनुसार अब दुई दिन ९ घण्टा, दुई दिन १० घण्टा, दुई दिन साढे १० घण्टा र एक दिन ११ घण्टा बिजुली आउने छैन । 
बेलुकाको समयमा विद्युत खपत बढी हुने उपकरण कम प्रयोग गर्न प्राधिकरणले सबैलाई आग्रह गरेको छ । नदीमा पानीको सहत बढ्ने क्रममा रहेकाले लोडसेडिङको समय घटाइएको प्राधिकरणले जनाएको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC