Home » , » पाँच बर्षमा ३१४ जना हराए

पाँच बर्षमा ३१४ जना हराए

Written By Unknown on Thursday, May 19, 2016 | 6:30 AM

जेठ ६, भरतपुर । चितवन जिल्लामा विगत पाँच वर्षमा एक हजार ३१४ जना हराएका छन् । जसमा सबैभन्दा बढी महिला रहेका छन् । महिला ७५४ जना छन् भने ४४५ जना बालबालिका र पुरुष ११५ जना रहेका छन् । जसमध्ये हालसम्म ४१५ जना भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका कक्षमा रहेको पञ्चवर्षे तालिकालाई हेर्दा आर्थिक वर्ष २०६८/०६९ देखि हालसम्म चितवनमा हराएपछि भेटिएकामध्ये महिला २२३, बालबालिका १६१ र पुरुष ३१ जना रहेका छन् । चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरका अनुसार बालबालिका र महिलालाई मानव ओसारपसार र घरेलु कामदारका रुपमा बढी प्रयोग गर्ने भएकाले उनीहरु धेरै हराएका हुन् । विशेषतः समाजमा व्याप्त रहेको छोराछोरीको विभेद र भेटिएको जानकारी नआउनुले मुख्य समस्या बनेको उहाँले बताउनुभयो । महिला र बालबालिकामा चेनताको वृद्धि हुन नसकेका कारण यसलाई न्यूनीकरण गर्न नसकिएको कुँवरले बताउनुभयो । कार्यालयका अनुसार चितवनमा चालु आवको १० महिनामा २१० जना हराएका छन् । जसमध्ये ७० जना भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार हराएकामध्ये सबैभन्दा बढी महिला १३४ जना रहेका छन् । यस वर्ष भने हराउनेमा महिला पछि पुरुष र बालिका रहेका छन् । पुरुष ३३, बालिका २३, र बालक २० जना हराएको कार्यालयको तथ्याङ्कले देखाएको छ । यस्तै आव ०६८/६९ मा २११ जना, आव ०६९/७० मा ३१३ जना, आव ०७०/७१ मा ३४८ जना र आव ०७१/७२ मा २२२ जना हराएका छन् । 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC