Home » » चितवनको विद्यालय निर्माणको लागि जापानबासीको सहयोग

चितवनको विद्यालय निर्माणको लागि जापानबासीको सहयोग

Written By Unknown on Friday, July 31, 2015 | 4:53 AM

साउन १५ 
भूकम्पबाट क्षतिग्रस्त बनेको लोथर ७ स्यामराङको राष्ट्रिय प्राथमिक विद्यालय डुङबाङको पुननिमार्णको लागि जापानवासीले सहयोग गरेका छन ।  चितवनमा सञ्चालन भएको हामीले नगरे कसले गर्ने अभियान मार्फत  विद्यालय निमार्णको लागि कुल ५ लाख ७७ हजार जापानी येन रकम पठाइएको हो ।केही हप्ता अघि जापनमा रहेका नेपालीहरुबाट संकलित १ लाख ९६ हजार ४ सय ३२ जापानी येन नेपाल पठाइएको थियो भने पछिल्लो पटक  ३ लाख ८० हजार ७ सय ३९ जापानी येन संकलन गरेर पठाइएको हो । दुइ पटक गरेर ४ लाख ६५ हजार रुपौया विद्यालय निर्माण गर्नको लागि नेपाल पठाइएको हो । “हामीले नगरे कसले गर्ने ” अभियानका लागि चितवनको रत्ननगरका दिपक नेपालले जापानमा सहयोग अभियान चलाउनुभएको थियो । राष्ट्रिय रुपमा भूकम्पले क्षति पु¥याएपछि चितवनका लागि दिपक नेपालले जापानमा सहयोग अभियान चलाउनु भएको हो । उहाले चलाएको अभियानमा जापानबासीले उत्साहपूर्वक सहयोग गरेका थिए ।  चितवनका ६ जना पत्रकार र १ जना बैंककी कर्मचारी अभियानमा सहभागी छन ।   सो विद्यालय निमार्णका लागि करिब २० लाख रुपैया लाग्ने अनुमान गरिएको छ  । विभन्न स्रोतबाट आर्थिक संकलन गरेपछि विद्यालय निमार्णको काम थालिने अभियानले जनाएको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC