Home » » देशका धेरै ठाउँमा वर्षा, भोलिदेखि मात्रै मौसम सुधार हुने

देशका धेरै ठाउँमा वर्षा, भोलिदेखि मात्रै मौसम सुधार हुने

Written By Unknown on Friday, July 31, 2015 | 2:49 AM

साउन १५ 
केहीदिन अघिसम्म बेलुकी मात्र पानी परेपनि हिजो दिउँसोदेखि धेरै ठाउँमा अविरल वर्षा भैरहेको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार बंगालको खाडीमा बनेको कोमन भन्ने समुद्री आँधीको प्रभावका कारण ठूलो पानी परेको हो । आँधीकै प्रभावका कारण बिहीबार दिउँसोदेखि पूर्वबाट पानी पर्न सुरु गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार रातीदेखि पानी पार्ने बादल पश्चिममा सरेकाले अरु ठाउँको तुलनामा पश्चिमी क्षेत्रमा बढी पानी पर्नेछ । विशेषगरी मध्य पश्चिमका पहाडी क्षेत्रमा शुक्रबार ठूलो वर्षाको संभावना छ । अरु ठाउँमा निरन्तर पानी पर्ने अनुमान गरिएको छ । कोमन आँधीकै प्रभावका कारण रातभरी देशका धेरै ठाउँमा पानी परेको मौसमविद् श्रेष्ठले बताउनुभयो । अहिले पानी परिरहेको ठाउँमा एकैछिन पानी पर्न रोकिएपनि दिउँसोदेखि फेरि पर्ने उहाँको भनाई छ । शुक्रबार र शनिबार मौसम बदली भैरहेने र भोलि बेलुकादेखि मात्र मौसममा सुधार आउने मौसमविद्ले अनुमान गरेका छन् । 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC