Home » » नयाँ बर्षमा चितवन फेशन नाइट शो हुने

नयाँ बर्षमा चितवन फेशन नाइट शो हुने

Written By Unknown on Saturday, March 12, 2016 | 3:35 AM

फाल्गुन २९, सौराहा । नयाँ वर्षको अवसर पारी चितवन फेशन नाईट शो कार्यक्रम हुने भएको छ । आउँदो चैत्र ३० गते पर्यटकिय नगरी सौराहामा सो फेसन नाईट हुन लागेको हो ।
सुत्र मोडलिङ एण्ड आर्ट क्रेशनको आयोजना र बीएफटिको सह–आयोजनामा फेसन नाईट कार्यक्रम हुन लागेको हो । फेसन शो मा चितवनका मोडलिङ क्षेत्रमा प्रवेश गर्न चाहने युवा र युवतीहरुको सहभागिता रहने सुत्र मोडलिङ एण्ड आर्ट क्रेशनका प्रमुख एवंम इभेन्ट म्यानेजर मोडेल सुवास श्रेष्ठले जानकारी दिनुभयो ।
सो कार्यक्रममा सहभागि हुनेहरुलाई अडिसनबाट छनौट गरिने छ । यसका लागि यही यही चैत्र ३ गते बुधबार भरतपुरमा अडिसन राउण्ड हुँदैछ । भरतपुरस्थित होटल रोयल सेञ्चुरीमा हुने अडिसनका लागि अहिले धमाधम फर्महरु वितरण भईरहेको इभेन्ट म्यानेजर श्रेष्ठले जानकारी दिनुभयो । अडिसनका फर्महरु रत्ननगरको हाईस्कुल रोडमा रहेको सुभ समाचार एण्ड स्टेशनरी, पर्साको खैरहनी स्कूल रोडस्थित अविनास स्टेशनरी, विनुज फेशन टेक्नोलोजी नारायणगढलगायतका स्थानबाट वितरण भईरहेको छ । अडिसन राउण्डको निर्णायकहरुमा नायिका वर्षा शिवाकोटी, डिजाईनर विनु लामा र इभेन्ट म्यानेजर मोडेल सुवास श्रेष्ठ रहने छन् ।  
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC