बैशाख २५, भरतपुर । जिल्ला कृषि विकास कार्यालय चितवनले आज (शुक्रवार) देखि भरतपुरमा तिन दिने जिल्ला स्तरिय मत्स्य ह्याचरी तथा नर्सरीकर्ता कृषक तालिम सुरु गरेको छ । आईतवारसम्म चल्ने तामिलमा जिल्लाका २५ जना मत्स्य कृषकहरुको सहभागिता रहेको कार्यालयले जानकारी दिएको छ । तालिममा माछापालनका लागि पोखरी बनाउने तरीका, पोखरीमा हुनुपर्ने मलिलोपना, माछालाई चाहिने आहारा लगायतका विषयमा सहजीकरण गरिने जिल्ला विकास कार्यालय चितवनका मत्स्य विकास अधिकृत पशुराम यादवले जानकारी दिनुभयो । तिन दिन सम्म चल्ने सो तालिममा कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरे, मत्स्य विकास अधिकृत पशुराम यादव, बालि विकास अधिकृत सुदिप रेग्मी लगायतले प्रशिक्षण दिनुहुने भएको छ । पछिल्लो समय जिल्ला ८ सय हेक्टर क्षेत्रफलमा माछा पालन गर्न सुरु गरिएको छ, भने बार्षिक ३ सय ८२ मेक्ट्रिकटन उत्पादन हुने जिल्ला कृर्षि कार्यालयले बताएको छ ।
Home »
Local News
» मत्स्य, ह्याचरी तथा नर्सरीकर्ता तालिम सुरु
मत्स्य, ह्याचरी तथा नर्सरीकर्ता तालिम सुरु
Written By Unknown on Friday, May 6, 2016 | 7:08 AM
Labels:
Local News
Post a Comment