Home » , » दुई तर्फि खुल्यो नारायणगढ-मुग्लिन सडकखण्ड

दुई तर्फि खुल्यो नारायणगढ-मुग्लिन सडकखण्ड

Written By Unknown on Friday, May 6, 2016 | 7:42 PM

वैशाख २५ , चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै शुक्रबार साँझ अबेरबाट पहिरो र गाडी बिग्रँदा अवरुद्ध बनेको सडक  बिहानबाट दुईतर्फी सञ्चालनमा आएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार साँझ परेको पानीका कारण खहरे र कालीखोलाको बीच भागमा पहिरो खसेपछि राति ११ः५५ बजे सडक एकतर्फी खुलाइएको थियो ।
पुनः ढुङ्गा खसेपछि सडक आवागमन पूरै अवरुद्ध बनेकोमा केहीबेरको प्रयासपछि राति नै सडक खुलाइएको भए पनि बीच सडकमा गाडी बिग्रिएपछि सवारी आवागमन प्रभावित भएको थियो । बिग्रिएको गाडी हटाएपछि अहिले बिहानबाट सडक दुईततर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
साँझबाटै सडक अवरुद्ध बनेपछि छ किलोमिटरभन्दा लामो सवारीसाधनको दुईतर्फी लाम लागेको थियो । सडक बिग्रिएको क्षेत्र मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ ।
पछिल्लो समय सो सडक तीव्र गतिमा विस्तार कार्य भइरहेकाले पटकपटक सडक अवरुद्ध हुने गरेको छ । बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सवारी आवागमन रोकेर काम हुँदै आएको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC